समाज


रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह, बलाध्यक्षमा नियुक्त गरियो

रथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह, बलाध्यक्षमा नियुक्त गरियो

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १४:४६, काठमाडौँ

नेपाली सेनाको उपरथीबाट रथी पदमा बढुवा भएका सरोज प्रताप राणालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

भद्रकालीस्थित जंगी अड्डामा आइतबार एक कार्यक्रमबीच प्रधानसेनापति शर्माले कात्तिक ११ को मन्त्रिपरिषदको निर्णयअनुसार रथी पदमा बढुवा भएका राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्त भएका छन्। उक्त कार्यक्रममा नेपाली सेनाका अन्य रथीहरू र अधिकृतहरु उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .