ad ad

समाज


बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

फाइल फोटो


नेपालखबर
मंसिर ८, २०७८ बुधबार २१:५७, काठमाडौँ

बुद्ध एयरको एउटा जहाज बुधबार साँझ नेपालगञ्ज विमानस्थलमा अवतरणका स्यालसँग ठोक्किएको छ।

काठमाडौंबाट गएको एटीआर-७२ जहाज बुधबार साँझ ७ बजेर नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा स्यालसँग ठोक्किएको हो।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले स्यालसँग ठोक्किएर विमानमा सामान्य क्षति भएको छ। अहिले धावनमार्गमै प्राविधिकको टोलीले निरीक्षण गरिरहेको उनले जानकारी दिए। 

बुद्ध एयरका निर्देशक रूपेश जोशीका अनुसार जहाजको क्षतिबारे अध्ययन भइरहेको छ।  यसअघि १६ कात्तिकमा नेपालगञ्ज विमानस्थलकै धावन मार्गमा सीता एयरको जहाज तीनवटा बदेलसँग ठोक्किएर क्षतिग्रस्त भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .