ठगी मुद्दामा अदालतबाट एक वर्ष कैद तथा २६ लाख ७५ हजार जरिवाना तोकिएका एक ब्यक्ति तीन वर्षपछि पक्राउ परेका छन्।
काठमाडौंको साविक साङ्गला गाविस–३ घर भई हाल चितवन बस्ने रविन्द्र अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार चितवनबाट पक्राउ गरेको हो।
निर्मला बखतीको जाहेरीमा काठमाडौं जिल्ला अदालतको मिति २०७३ असोज ४ गतेको फैसलाले उनलाई १ वर्ष कैद र २६ लाख ७५ हजार जरिवाना हुने ठहर भएको थियो।
नेपाल राष्ट्र बैंकको स्वीकृति नलिएरै बैंकिङ कारोबार गर्दै आएका उनले आकर्षक ब्याज दिने प्रलोभनमा सो ठगी गरेको प्रहरीले जनाएकाे छ।
3
Shares
प्रतिक्रिया