समाज


टाउको काटेर युवकको हत्याः कल रेकर्ड खोतल्दै प्रहरी, हत्यामा संलग्न ‘भारत भागे’

रुखमा बाँधिएको थियो शव
टाउको काटेर युवकको हत्याः कल रेकर्ड खोतल्दै प्रहरी, हत्यामा संलग्न ‘भारत भागे’

घटनास्थलमा जम्मा भएका स्थानीय। तस्बिर : नेपालखबर


गोकुल जोशी
पुस ४, २०७८ आइतबार १२:५६, काठमाडौँ

कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अरुण दासको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ। 

घटनाको सुक्ष्म रुपमा अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद जोशीले बताए।

शनिवार जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा अरुणको विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीका अनुसार मृतक अरुणको शरीरबाट टाउको छिनालिएको छ। 

उनको टाउको छिनालिएको नग्न शव रुखमा बाँधिएको थियो। माथिल्लो शरीरको कपडा खोलेर त्यसैले शव रुखमा बाँधिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ। 

‘रुखमा बाँधिएर नग्न बनाइएको छ। दुईवटै हात पछाडि बाँधिएको छ,’ डिएसपी जोशीले भने, ‘सुरुमा हत्या गरेर रुखमा शव बाँधिएको जस्तो देखिन्छ।’

घटनाको विभिन्न कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ। प्रहरीले हत्याबारे दुई युवकबीच कुराकानी भएको फोन रेकर्ड पनि भेटाएको छ।

मृतक अरुणको साथी भएको बताउँदै एकजना युवाले आफू लगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्डसहित अन्य शंकास्पद कुराहरुमा अनुसन्धान केन्द्रित भएको प्रहरीले जनाएको छ।

‘प्राप्त फोन कल रेकर्डमा बोल्नेहरुको पहिचान तथा अन्य शंकास्पद मानिसमाथि निगरानी गरिरहेका छौँ,’ डिएसपी जोशीले भने, ‘मृतकको पृष्ठभूमि, तथा उनीसँग सम्बन्धित जानकारी पनि संकलन भइरहेका छन्।’

फोन कल रेकर्डमा एकजना युवाले टाउको र शरिर अलग हुने गरी हत्या गरेपछि आफूहरु भागेर भारत गइरहेको बताएका छन्। ‘हामी बैंगलोर जादै छौं। अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक–दुई दिनमा त्यो शव फेला पर्नेछ।’

प्रहरीले यो फोन कल रेकर्डमा बोल्नेको पहिचान गरिरहेको छ। प्रहरीले शनिवार तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टिम सक्रिय छ।

मृतक अरुणका दासका बुवाआमा रोजगारीका लागि भारतमा छन्। जानकी गाउँपालिका–९ मा मृतककी श्रीमती र भाउजू बस्दै आएका छन्।

मृतक अरुण पनि भारतबाट आउने जाने गर्दै आएका थिए। तीन हप्ता अगाडि मात्रै उनी भारतबाट फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad