समाज


एसएसपी सुशील यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिए

एसएसपी सुशील यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिए

नेपालखबर
पुस ९, २०७८ शुक्रबार १३:१६, काठमाडौँ

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको  छ। 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो।

'तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो', उनले नेपालखबरसँग भने, 'यसबारेमा विस्तृत जानकारी मातहतबाट मागेका छौँ।'

उनको मृत्युको कारण खुलिसकेको छैन। केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad