समाज


रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना : मृतकको संख्या ६ पुग्यो

रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना : मृतकको संख्या ६ पुग्यो

शैलेन्द्र महतो
पुस १३, २०७८ मंगलबार १८:३६, काठमाडौँ

रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

चन्द्रपुर–गौर सडक खण्डमा भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय स्कारपियो दुर्घटनामा परेको हो।

गरुडाको शिवदर्शन हस्पिटल, हेल्थ लाइन हस्पिटल र ग्राण्डी हस्पिटलमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमको लागि ग्रान्डी र हेल्थ लाइन अस्पतालमा राखिएको छ। 

नौ जना सवार भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। दुई जना घाइतेको ग्राण्डीमा उपचार भइरहेको र एक जनालाई उपचारको लागि वीरगन्ज रिफर गरिएको छ। 

सो गाडी जन्ती बोकेर रौतहटको गढीमाइ नगरपालिका–३ नरकटियनबाट गम्हरियातर्फ आउँदै थियो। गाडीमा सवार सबै मुस्लिम समुदायका नेपाली रहेको थाह भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गढीमाई नगरपालिका–३ गम्हरीया टोल बस्ने शेख मन्जुर को छोरा वर्ष १६ को शेख नैसाद, साबिदको छोरा वर्ष २२ को शेख सैनुल्लाह, वर्ष ५५को डा. मेसाफिर अन्सारी, शेख जाफलको छोरा वर्ष २५ को शेख छोटु, वर्ष १५ को शेख अजिबुल्लाह र नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४०÷४५ को पुरुषको मृत्यु भएको हो। 

घाइते सोही स्थानका शेख मोनाजिरको छोरा वर्ष १६ को शेख अलफाजलाई थप उपचारको लाथि वीरगंज पठाइएको छ भने वर्ष १५ को शेख अमानत र वर्ष १७ को शेख करिमुल्लाहको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .