ad ad

समाज


कोरोनाविरुद्धको बुस्टर डोज लगाउने निर्णय

कोरोनाविरुद्धको बुस्टर डोज लगाउने निर्णय

फाइल फोटो


नेपालखबर
पुस ३०, २०७८ शुक्रबार २२:५१, काठमाडौँ

सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर अभियान थाल्ने भएको छ। 

यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको हो।

स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतले अग्रपंक्तिमा खटिने र ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन लागिएको बताइन्।

त्यसका लागि माघ २ र १४ गतेको मिति तोकिएको छ ।

माघको सुरुमा अग्रपंक्तिमा खटिने डाक्टर, नर्स र सुरक्षाकर्मीसहितलाई दिइने छ 

माघ दोस्रो हप्तादेखि ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले बताइन्। 

पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका तथा ६ महिना पूरा भइसकेका नागरिकलाई बुस्टर डोज दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .