ad ad

समाज


एक सातामै ह्वात्तै बढे कोरोना संक्रमित, संक्रमण दर ४० प्रतिशत

एक सातामै ह्वात्तै बढे कोरोना संक्रमित, संक्रमण दर ४० प्रतिशत

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७८ बुधबार १६:५९, काठमाडौँ

नेपालमा बितेको एक सातामै करिब ३० प्रतिशतले कोरोना संक्रमित बढेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको एक सातायता नेपालमा कोरोनाको फैलावट झण्डै दोब्बर नजिक पुगेको छ। 

बुधबार गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलले बुधबार यसबारे जानकारी दिएका हुन्। 

उनका अनुसार गत हप्ता ६२ हजार ७५३ कोरोना परीक्षण भएको थियो। तर एक सातायता ५४ प्रतिशतले बढाएर ९६ हजार आरटी पीसीआर परीक्षण भएको छ।

जसबाट ३९ हजार ३४२ मा कोरोना पुष्टि भएको छ। अर्कातिर संक्रमण दर पनि बढेर ४०.६ प्रतिशत पुगेको छ। पौडेलका अनुसार पछिल्लो हप्ताको तुलनामा २७.३ प्रतिशतले संक्रमित बढेका छन्। 

त्यस्तै गत साता २९ हजार ७०९ एन्टिजेन परीक्षणमा २२ सय ११ लाई संक्रमण पुष्टि भएको थियो। तर यो हप्ता १२.५ प्रतिशतले बढाएर ३३ हजार ४ सय २० एन्टिजेन परीक्षण गरिएको छ।

जसमा ७२ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेनतर्फ पनि संक्रमण दर २१. ६ प्रतिशत पुगेको छ। जुन पछिल्लो हप्ताको तुलनामा १४.२ प्रतिशतले बढेको हो। 

पौडेलले यो तथ्यांक अनुसार नेपालमा कोभिड-१९ संक्रमण तीव्र गतिमा बढ्दै गएको पुष्टि गरेको बताउँदै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .