कोभिड-१९ को पीसीआर परीक्षण शुल्क सरकारी घटाउने निर्णय कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार परिपत्र गरेको छ।
मन्त्रालयले निजी ल्याबमा ८०० र निजी स्वास्थ्य संस्थाका ल्याब अधिकतम १५०० शुल्क कायम गरेर बिहीबार सर्कुलर जारी गरेको हो।
'निजी अस्पताल तथा प्रयोगशालाले लिँदै आएको प्रति आरटी पीसीआर परीक्षण शुल्क २ हजारलाई समायोजन गरी अधिकतम १५०० र सरकारी अस्पताल तथा प्रयोगशालाको हकमा निःशुल्कको मापदण्ड भित्र नपरेकाको लागि हाल लिइँदै आएको प्रतिपरीक्षण शुल्क १०० लाई समायोजन गरी अधिकतम ८०० मात्रै कायम गरिएको व्यहोरा सरोकारवाला सबैमा अनुरोध छ', मन्त्रालयले भनेको छ।
141
Shares
प्रतिक्रिया