ad ad

समाज


तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये खोप लगाएका ४ जनामात्रै

तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये खोप लगाएका ४ जनामात्रै

नेपालखबर
माघ ८, २०७८ शनिबार ९:४४, काठमाडौँ

कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये  ४ जनाले मात्रै खोप लगाएको पाइएको बताए।

'खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो। हाम्रोमा पनि त्यही देखियो,' अधिकारीले नेपालखबरसँग भने, 'तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो।'

यस्तै अस्पताल भर्ना हुनेमा पनि खोप नलगाएका नै बढी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .