ad ad

समाज


तातो रक्सीले पोल्दा छोराको मृत्यु, आमा घाइते

तातो रक्सीले पोल्दा छोराको मृत्यु, आमा घाइते

नेपालखबर
माघ ९, २०७८ आइतबार ९:२७, काठमाडौँ


सर्लाहीको हरिवनमा तातो रक्सीले पोल्दा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा बालककी आमा घाइते भएकी छन्।

हरिवन नगरपालिका- ८ बेताली निवासी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीमा डुबेर मृत्यु भएको हो। 

शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा परेका थिए। बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो। 

नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा दक्षिणकाली पुगेपछि बालकको मृत्यु भएको हो। 

छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ। उनको हातमा रक्सीले पोल्दा गहिरो चोट लागेको छ।

बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .