समाज


भक्तपुरमा घरभित्रै निस्सासिएर नाबालकको मृत्यु, बाबु-आमाको अवस्था गम्भीर

भक्तपुरमा घरभित्रै निस्सासिएर नाबालकको मृत्यु, बाबु-आमाको अवस्था गम्भीर

नेपालखबर
माघ ९, २०७८ आइतबार १२:४८, काठमाडौँ

भक्तपुरमा घरभित्रै निस्सासिएर तीन महिने नाबालकको ज्यान गएको छ। 

सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित एक घरमा डेरा गरी बस्ने रामेछापको मन्थलीका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिने छोराको ज्यान गएको हो। 

३० वर्षीय अभिषेक र २८ वर्षीया पसुनाको उपचार भइरहेको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए। 

शनिबार राति आगो तापेर ननिभाई सुतेका उनीहरु आइतबार बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको डीएसपी पाण्डेले बताए।

स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा थिए। तत्काल उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। नाबालकको बिहानसाढे ८ बजे भएको हो।

आमा बुवाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरु उक्त घरमा २ वर्षदेखि बस्दै आएका थिए। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि सुर्खेतमा पनि जाडो छल्न कोइला बालेर सुत्दा एकै परिवारका चारजनाले ज्यान गुमाएका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .