प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धनको वर्तमान सरकार असफल भइसकेको दाबी गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो ६ महिने कार्यकालको उपलब्धि सुनाएको दुई दिनपछि वक्तव्य निकाल्दै वर्तमान गठबन्धन सरकार सबै कोणबाट असफल भइसकेको जिकिर गरेका हुन्।
ओलीले ८ पेज लामो विज्ञप्ति निकालेर असार २९ मा पाँच दलीय गठबन्धन सरकार बनेयता अर्थतन्त्रका हरेक सूचक नकारात्मक भएको पनि जिकिर गरेका छन्।
ओलीले सरकार असफल भइसकेकाले नागरिक तहमा पनि आक्रोश बढिरहेको उल्लेख गरेका छन्।
उनले आइतवार दिउँसो केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्ने तयारी थियो। तर ओली र पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि उक्त पत्रकार सम्मेलन स्थगित गरिएको छ।
93
Shares
प्रतिक्रिया