चितवनको भरतपुर महानगरपालिका निर्माण गर्दा गर्दै अलपत्र छाडिएको ६ लेन सडकको ढलमा खसेर एउटा दुर्लभ एकसिङे गैँडा मरेको छ।
भरतपुर महानगरपालिकाको गोन्द्राङ क्षेत्रमा नाली बनाउन खनिएको खाडलमा खसेर च्यापिएपछि पोथी गैँडाले ज्यान गुमाएको हो।
स्थानीयबासीले आइतवार दिउँसो मात्र गैँडालाई ढलको खाल्डोमा च्यापिएको अवस्थामा देखेका थिए। खाडलमा च्यापिएर मरेको गैँडालाई निकाल्न निकुञ्जको टोली पुगेको छ।
स्थानीय सञ्चारकर्मी प्रतिमा सिलवालका अनुसार गैँडा लगायतका जंगली जनावर हिँड्ने करिडोर क्षेत्रमा ६ लेन सडक निर्माणका लागि खनेर महिनौंसम्म अलपत्र छाडिएको थियो।
ठेकेदारले निर्माण कार्य अलपत्र छाडेको खाडलमा खसेको गैँडा त्यहीँ च्यापिएर मरेको उनले बताइन्।
स्थानीयबासीले सडक अलपत्र छाड्ने ठेकेदारमाथि कारबाही पनि माग गरेका छन्। नियमन गर्ने निकायले पनि लापरबाही गर्ने ठेकेदारलाई निगरानी नगर्दा यो घटना भएको उनीहरुको गुनासो छ।
Shares

प्रतिक्रिया