समाज


नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ९:११,

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्राप्त जानकारीअुनसार बुधबार त्यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो। एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो।

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ।

बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन्।

उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ। त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ।

त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ।

अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरुमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ।

वायु प्रदूषणको यस्तो अवस्थाका कारण त्यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ।

नयाँ दिल्ली र त्यहाँको वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपुर्तिमा समेत अप्ठेरो परिरहेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षहरुजस्तै यस पटक पनि चिसो मौसमको शुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो।

त्यहाँकोे वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालयहरू पनि बन्द गरिएको बताइएको थियो।

यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ। उनीहरुमा फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो।

त्यसैगरी सबै नागरिकलाई पनि स्वासप्रस्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणा सम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .