समाज


घरमा आगो लाग्दा ५ लाख नगद पनि जल्यो, २५ लाख भन्दा धेरैको क्षति

घरमा आगो लाग्दा ५ लाख नगद पनि जल्यो, २५ लाख भन्दा धेरैको क्षति

नेपालखबर
बैशाख २२, २०८१ शनिबार ८:०, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको छ।
 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीनवटा बाख्रा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ। घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए। 

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन्। 

‘ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ‘, स्थानीय अरुणकुमार सिंहले भने, ‘शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन।’

आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .