ad ad

समाज


मोटरसाइकल चलाइरहेको बेला माथिबाट खसेको ढुंगाले लाग्दा चालकको मृत्यु

मोटरसाइकल चलाइरहेको बेला माथिबाट खसेको ढुंगाले लाग्दा चालकको मृत्यु

नेपालखबर
माघ १३, २०७८ बिहिबार ५:५९, काठमाडौँ

दाङमा भिरबाट खसेको ढुंगाले लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक एक नेताको मृत्यु भएको छ।

मोटरसाइकल चलाइरहेको अवस्थामा माथिबाट झरेको ढुंगाले लाग्दा  ३५ वर्षीय नरबहादुर घर्तीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार मंगलबार राति ७ बजेतिर कपुरकोटबाट तुलसीपुर आउँदै गरेको अवस्थामा तुलसीपुर– ३ ढक्रेनीमा माथिबाट झरेको ढुंगाले लाग्दा  घोराही– १४ निवासी घर्तीको मृत्यु भएको हो। 

मोटरसाइकलमा कपुरबोट जाँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ। 
मोटरसाइकल चलाइरहेको बेला माथिबाट ढुंगा खसेर घर्तीलाई लागेको प्रहरीले जनाएको छ। उनी मोटरसाइकलमा एक्लै सवार थिए।  

टाउकोमा गम्भीर चोट लागेका घर्तीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .