ad ad

विचार


नयाँ घरमा सर्दै चारवर्षे चम्पा र चिम्पु

नयाँ घरमा सर्दै चारवर्षे चम्पा र चिम्पु

लिना चालिसे
बैशाख ९, २०७९ शुक्रबार ११:९, काठमाडौँ

चिम्पाञ्जीमा मानिसमा जस्तै संवेदना हुन्छ। उनीहरुलाई मान्छेको बच्चालाई जस्तै स्याहार गरेर हुर्काउनुपर्छ। आमाको स्पर्शबिना उनीहरु निक्कै दुःखी हुन्छन्।

चम्पा र चिम्पु पनि सुरु सुरुमा निक्कै दुःखी हुन्थे। मान्छेका बच्चाजस्तै रुन्थे। हामीसँगै भएका अरु मानिसले भन्थे– उद्धार त गर्नु भयो, यी बाँच्दैनन्। हामी खिन्न हुन्थ्यौँ। 

२०७४ साल असोज ३१ गते नेपाल सरकारले उद्धार गरेर दुईवटा चिम्पाञ्जी हामीलाई बुझायो। यी चिम्पाञ्जी नाइजेरियाबाट अवैध रुपमा नेपाल ल्याइएको रहेछ। प्रहरीले तस्करबाट फेला पारेर हामीलाई बुझाएको हो।

संरक्षणका लागि उनीहरु सदर चिडियाखाना, जावलाखेलमा आउँदा निक्कै साना थिए। उनीहरुको अवस्था निक्कै क्रिटिकल थियो। दूधे बालकजस्ता चिम्पाञ्जीलाई बचाउन हामीले धेरै मेहनत गर्‍यौँ

उनीहरुको नाम चम्पा र चिम्पु भनेर हामीले यहीँ आएपछि राखेका हौँ। उनीहरुको अवस्था हेरेर हामीले उनीहरुको विशेष केयरका लागि एकजना नर्स नै खटायौँ। बिस्तारै दूध खान थाले।

उनीहरु निदाउनका लागि हाम्रो स्पर्श खोज्थे। मान्छेले मायाले मुसारेपछि खुशी हुन्थे र निदाउँथे। मान्छेको स्पर्शबिना उनीहरु निदाउनै सक्दैनथे।

त्यति मात्रै होइन, उनीहरुलाई माया ममता नपुगेको जस्तो भयो भने 'डिप्रेसन'मा जान्थे। दुःखी हुन्थे। हामीले उनीहरुमा आएका यस्ता उतार चढाव थुप्रै देखेका छौँ। 

सदर चिडियाखानाको नर्सरीमा आउँदा पनि सुरु सुरुमा उनीहरु निक्कै डराउँथे। तर्सिन्थे। टोलाउँथे।

उनीहरु विरामी भए। रुघाखोकी लाग्यो। यहाँको वातावरणमा उनीहरुलाई बानी पर्न निक्कै समय लागेको थियो। लामो समय रोगीजस्ता देखिन्थे। मह, दूध खुवाएर उनीहरुलाई नर्मल अवस्थामा ल्याएका हौँ। 

लिना चालिसेकोरोनाको समयमा चम्पा निक्कै बिरामी पर्यो।  उसले खाना खान छोड्यो। चम्पाको अवस्था देखेर चिम्पु पनि चिन्तित देखिन्थ्यो। हामीले उसको उपचार गर्यौ। केही दिनमा निको भयो। त्यतिबेला यसलाई केही हुन्छ कि भन्ने पीर लागेको थियो। मान्छेको उनीहरुमा पनि बच्चामा जस्तै 'सिजनेवल' परिवर्तन भइरहन्छन्। 

चिम्पुभन्दा चम्पा अलि ठूलो छ। ऊ निक्कै 'प्रोएक्टिभ' छ। बाहिर डुलाउन निकाल्दा दुवैजना अँगालो हालेर हिँड्छन्। चिम्पु चम्पाबिना एक्लै हिँड्न मान्दैन। चम्पाको हात समातेर हिँड्छ। भित्र हुँदा भने रिसाउँछन्, झगडा गर्छन्, कहिलेकाहीँ छुट्टाछुट्टै पनि बस्छन्। चिम्पु पुलिङ्गी हो भने चम्पा स्त्रीलिङ्गी।

उनीहरु हुर्किँदै जाँदा उनीहरुलाई नर्सरीको खोर सानो भएको महसुस गरिरहेका थियौं। कोरोनाकालमा तत्काल खोर बनाएर ठूलो ठाउँमा सार्ने सम्भावना थिएन। कोभिडको बेला त हामीलाई उनीहरुलाई खुवाउनसमेत गाह्रो भएको थियो। पछि धेरैले सहयोग गर्नु भयो।

खोर निर्माणमा पनि नेपाल सरकारको वन मन्त्रालयले सहयोग गरेपछि अघिल्लो वर्ष नै हामीले खोर निर्माण कार्य थालेका थियौं। ‘एडप एण्ड एनिमल क्याम्पियन’ले पनि हामीलाई खोर निर्माणमा आर्थिक सहयोग गर्‍यो।

झण्डै एक वर्षको अन्तरालमा उनीहरु बस्ने घर निर्माण सम्पन्न भएको छ।  चिडियाघरमा यो अहिलेसम्मकै ठूलो र राम्रो घर हो। आज (शुक्रबार) उनीहरुलाई यही घरमा सारिँदैछ। अब उनीहरुलाई दर्शकको अवलोकनका लागि राखिनेछ।

मर्छन् भनेर सबैले माया मारेका चम्पा र चिम्पु अब नर्सरीबाट ठूलो घरमा सर्दैछन्। 

(सदर चिडियाखाना जावलाखेलकी सूचना अधिकारी लिना चालिसेसँग नेपालखबरले गरेको कुराकानीमा आधारित)

सबै तस्बिर : सदर चिडियाखानाबाट सौजन्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .