ad ad

समाज


उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना घाइते

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना घाइते

नेपालखबर
जेठ ४, २०७९ बुधबार १०:५९, उदयपुर

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्। मंगलबार राति ९ बजेतिर मदनभण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी ६ नेपालटारको बैजनाथ खोलाको पुलमा दुर्घटना भएको हो। 

दुर्घटनामा मोरङको बिराटनगर ५ चादनीचोकका ३४ वर्षीय देबेन्द्र चापागाईको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका देबेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर  लगिएकोमा राति ११ बजेतिर मृत घोषणा गरेको हो। 

मोरङ बिराटनगर महानगरपालिका ५ चाँदनी चोकका ३१ वर्षीय कार चालक बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल घाइते भएका उदयपुरका प्रहरी प्रवक्ता डीएसपी सन्तोष आचार्यले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर लगिएको छ। 

उनीहरु बीरगन्जबाट बिराटनगरतर्फ जाँदै थिए। शव जिल्ला अस्पताल उदयपुरको शव गृहमै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .