ad ad

समाज


विराटनगर उपमेयरमा ३८ प्रतिशत मत बदर, अमरेन्द्र भन्छन् : आयोगको लापरवाही

विराटनगर उपमेयरमा ३८ प्रतिशत मत  बदर, अमरेन्द्र भन्छन् : आयोगको लापरवाही

सुमन पुरी
जेठ ७, २०७९ शनिबार २१:४४, विराटनगर

विराटनगरको उप मेयर बन्ने आकांक्षा सहित निर्वाचनमा होमिएका थिए अमरेन्द्र यादव।  नेपाली कांग्रेस सहित माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको  गठबन्धन बाट उप मेयरका प्रत्यासी अमरेन्द्र जित्नेमा ढुक्क थिए।

महानगरमा जसपाको बलियो संगठन थियो। महानगरका १२,१३,१४,१५,१६,१७ र १८ नम्वर वडामा अन्य पार्टी भन्दा जसपाको संगठन बलियो मानिन्थ्यो। बलियो संगठन त्यसमाथि गठबन्धन अमरेन्द्र जितका लागि ढुक्क थिए।

तर नतिजा उनको पक्षमा आएन। उप मेयरमा निर्वाचित शिल्पा कार्की भन्दा उनले ११ हजार ३ सय ८९ कम मत पाए। अमरेन्द्रले १४ हजार २९१ मत पाँउदा शिल्पाले भने २५ हजार ६८ मत पाइन्।

निर्वाचनमा पराजय भोगेपछि  यादवले सामाजिक सञ्जालमा लेखे ‘तपाईँ जस्ता बिकाऊ को रचिएका यी कथा असत्य, मिथ्या, व्यक्तिगत प्रहार र सामुदायीक विभेदको श्रृखंला वाहेक केही होइनन्, खुल्ला चौरमा आम जनताका विच यी बिषयमा वहस गर्न तयार छु।’

उनको आक्रोश थियो उप मेयरमा खसेको बदर मतप्रति । उनले यो स्टाटस लेख्न अघि महानगरमा खसेको बदर मतको तथ्यांक सामाजिक सञ्जालमा सेयर गरेका थिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको तथ्यांक अनुसार महानगरमा सवैभन्दा बढि उप मेयरमा बदर मद छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार उप मेयरमा ३८ प्रतिशत बदर मत खसेको छ। जबकी मेयरमा वदरमत २४ प्रतिसत मात्रै छ।

महानगरमा उप मेयरमा ३४ हजार १६७ मत बदर भएको छ। मेयरमा भने २१ हजार ३५८ मत बदर भएको छ। महानगरमा ८९ हजार ३७८ मत खसेको थियो। 

७४ को स्थानीय तहको निर्वाचनमा १९ हजार ४ सय १९ मत बदर भएको थियो। जुन कुल खसेको मतको २४ प्रतिशत हो।

आयोगको लापरवाही
उप मेयरमा पराजित भएका अमरेन्द्रले निर्वाचन आयोगको लापरबाहीका कारण पनि आफूले हार व्यहोर्नु परेको बताए। उनले भने निर्वाचन आयोगले उम्मेदवार नभएको चिन्ह भएको मतपत्र नछाप्ने भनेको थियो। तर उम्मेदवार नै नभएको चिन्ह पनि मतपत्रमा छापेर पठाउँदा बदर मत धेरै भयो।

उनका अनुसार निर्वाचन आयोगले मतदाता शिक्षा समेत नचलाएका कारण पनि नागरिकले दिएको मत खेर गएको छ। आफू उपेन्द्र यादवको छोरा मात्रै नभएर पार्टीमा काम गरेका कारण उम्मेदवार बन्न सकेको बताए।
उनले भने मानिसहरुले प्रोपोगाण्डा र हल्लाहरु चलाएको र छोटो समयमा हल्ला चिर्न नसकेका कारण पराजय हुनु परेको बताए।

कानुन अनुसार गर्यौ बुढाथोकी
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले निर्वाचन आयोगले कानुन अनुसार काम गरेको बताए। उनले निर्वाचन कानुन अनुसार निर्वाचन आयोगले गठबन्धन नचिन्ने बताए।

उनले भने ल्याप्चे लागेको, उमेदवार नभएको चिन्हमा स्वस्तिक छाप लगाएको या डवल छाप लागेको जे भएपनि आयोगले बदर मत भनेर चिन्ने बताए।

मतदाता शिक्षाको कमी पनि बदर मतको कारण भएको उनले स्वीकार गरे। उनले भने मतदाता शिक्षामा निर्वाचन आयोगको पनि कमजोरी भयो दलहरूको पनि।

बुढाथोकी के कारणले बदरमत खस्यो र कुन कुन चिन्हमा खस्यो भन्न सक्ने अवस्थामा छैनन्। तर उनको ठम्याइ छ गठबन्धन पनि एक कारण हो।

बुढाथोकीले निर्वाचन आयोग र दलहरूको मतदाता शिक्षामा ध्यान नपुगेको बताएपनि तथ्यांकले भने गठबन्धन प्रतिको असन्तुष्टी भएको देखाउँछ।

कुन वडामा कति बदर
मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्यांक अनुसार महानगरको वडा नम्बर ६ मा सवै भन्दा बढि  उप मेयर पदमा खसेको मत  बदर भएको छ। सो वडामा उप मेयरमा खसेको ३८०७ मत बदर भएको छ।

वडा नम्बर ६ पछि ५ नम्बर वडामा २५७५ मत उप मेयरमा बदर भएको देखिन्छ। ४ मा २४४१, वडा नम्बर ३ मा १६६१, वडा नम्बर १ मा १६२९ र २ मा ११४६ मत बदर भएको देखिन्छ।
विराटनगर महानगरका १ देखि ५ नम्बर वडा शिक्षित मतदाता रहेको वडा मानिन्छ।  

उप मेयरमा विराटनगरको वडा नम्बर ७ मा ९७८, ८ मा १६६५, ९ मा १७२२ मत बदर भएको छ। यस्तै १० मा १३०६, ११ मा १६६०, १२ मा २०९२, १३ मा १०८९ मत बदर भएको छ।
१४ नम्वर वडामा १९२३, १५ मा २३६०, १६ मा ११०२, १७ मा १७६१, १८ मा १५१२ र १९ मा १५३८ मत उप मेयरमा बदर भएको छ।

मेयरमा कहाँ कति बदर
अघिल्लो स्थानीय तहको निर्वाचनमा ल्याप्चे लागेका मत पत्रहरू भेटिएका थिए। यस पटक भने दोहोरो छाप भएका मत पत्रहरू बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

वडागत रुपमा हेर्दा वडा नम्बर ४ म सवै भन्दा बढि मेयरमा खसेको मत बदर भएको छ। वडा नम्बर ६ मा सवै भन्दा बढि १९६१ मेयरमा खसेको मत बदर भएको छ। वडा नम्बर ४ मा १७६१

यस्तै वडा नम्बर ५ मा १५६३ मत मेयरमा खसेको बदर भएको छ। वडा नम्बर १ मा ८७५, २ मा ६२३, ३ मा ६४७, ७ मा ३९८, ८ मा ११३७ मत मेयरमा खसेको बदर भएको छ।

९ नम्वर वडामा खसेको मत मध्ये ७५१, १० मा ७५२, ११ मा ९३३, १२ मा १६६९, १३ मा ७१९, १४ मा १३९२ मात मेयरमा खसेको बदर भएको छ।

कार्यालयका अनुसार १५ नम्वर वडामा मेयरमा खसेको १७३८, १६ मा ७५६, १७ मा १७०१, १८ मा ११२५ र १९ नम्वर वडामा ८५३ मत बदर भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .