ad ad

समाज


केसलिया कोरिडोर : समाधान होला त विराटनगरको डुबान समस्या?

केसलिया कोरिडोर : समाधान होला त विराटनगरको डुबान समस्या?

सुमन पुरी
जेठ २३, २०७९ सोमबार ९:४, विराटनगर

संघीय सरकारले केसलिया कोरिडोर बनाउन बजेट विनीयोजन गरेपछि विराटनगरवासी उत्साहित भएका छन्। 

केसलिया नदीका कारण वर्षेनी विराटनगरमा डुवानको मसस्या दोहोरिँदै आएको छ।  विरानगरमा केसलिया करिडोर बने डुवानको समस्या कम हुने अपेक्षा स्थानीयले गरेका छन्। 

विराटनगरको पश्चिमी क्षेत्रमा पर्ने केसलिया शहर पस्दा बर्षै पिच्छे सयौँ परिवार विस्थापित हुँदै आएका छन्।
 

डुबानका कारण समस्यामा पर्दै आएको विराटनगरलाई डुवानमुक्त बनाउन केसलिया कोरिडोरको परिकल्पना हुँदै आएको थियो। 

यसका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पनि पहल गरिरहेका थिए। 

प्रदेश र महानगरको पहलपछि आगामी आर्थिक वर्ष (२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत संघीय सरकारले बजेट विनियोजन गरेको छ।

केसलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, सुनसरीको दुहवी नगरपालिका र बर्जु गाउँपालिकाको सीमा क्षेत्र भएर बहने नदी हो। 

नदीको दुबै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न बजेट विनियोजन गरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। 

कोरिडोर निर्माणको लागि प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले डिपिआर तयार गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई आग्रह गरिसकेको छ।

विराटनगर महानगरले पनि केसलियामा तटबन्ध निर्माणको तयारी गरेको छ। 

बजेट विनियोजनसँगै अब केसलियामा कोरिडोर निर्माणको काम अघि बढ्ने प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री केदार कार्कीले जानकारी दिए।

‘विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ,’ मन्त्री कार्कीले भने, ‘त्यसको लागि डिपिआरको काम अघि बढिसकेको छ।’

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लाने मन्त्री कार्कीले जानकारी दिए। 

कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनुका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा स्थानीयले गरेका छन्।

मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा छलफल गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .