ad ad

समाज


सप्तकोशीको त्रास : पूर्वतर्फ अत्याधुनिक सूचना प्रणाली, पश्चिममा दुःखको भवसागर

सप्तकोशीको त्रास : पूर्वतर्फ अत्याधुनिक सूचना प्रणाली, पश्चिममा दुःखको भवसागर

सुमन पुरी
जेठ २५, २०७९ बुधबार १०:५६, काठमाडौँ

सुनसरीको बराहक्षेत्र नगरपालिका  ६ र ९ नम्वर वडाको आधा जति भाग सप्तकोशी नदी पारी पर्छ। अर्थात् ससप्तकोशी नदी तरेपछि मात्रै बराहक्षेत्र नागरपालिका सरकार आफ्नो वडामा पुग्न सक्छ। त्यहाँ बराह क्षेत्रका  साँढे तीन सय परिवार बसोबास गर्छन्।


श्रीलंङ्का टाप्पुका नामले परिचित सो क्षेत्रमा उदयपुरको वेलका नगरपालिका वडा नम्बर १ को भूभाग पनि पर्छ। श्रीलङ्का टाप्पुमा वेलकाका एक सय जति परिवार वसोवास गर्छन्।


वराहक्षेत्र नगरपालिका वडा नम्वर ६ का पूर्व वडा सदस्य श्याम राई शब्द सापट लिएर भन्नु पर्दा उनीहरुका लागि बर्खा लाग्नु भनेको कालसँग लुकामारी गरे जस्तै हो।


किन त? राई भन्छन्–“ कालले कतिखेर लैजान्छ थाहा हुँदैन सप्तकोशीले कतिखेर घर खेत बगाँउछ त्याे पनि थाहा हुँदैन।”

१० बर्ष यता सप्तकोसीले सुनसरीको बराहक्षेत्र र वेलका नगरपालिकामा पर्ने गरैया टापु, चिलिया टापु, पदमटोक्रा र जब्धी क्षेत्र निरन्तर कटान गरिरहेको छ।

सुव्वाकाअनुसार सप्तकोसीले १० बर्ष यता एक किलोमिटर जति क्षेत्र कटान गरिसकेको छ। सप्तकोसीको बहाव पूर्वबाट पश्चिमतर्फ सर्दा निरन्तर कटान कटान रोकिएको छैन।


सप्तकोशीको बहाव पश्चिमपट्टि सर्दा त्यस क्षेत्रमा बसोबास गर्ने २५ सय नागरिक बर्खामा सधै त्रासमा हुन्छन्।
प्रल्हाद चन्द्रवंशीलाई कोसी पश्चिम सर्दाको पीडा सुनाइ नसक्नुको छ। उनले ५ बर्षमा घर सारेको तीन पटक भयो। तर उनलाई अझै काेशी कटान नगर्ला भन्ने ढुक्क भएको छैन।

सरकारले हामीलाई हेर्दै हेरेन। उनको गुनासो छ, “नदी छेक्न त सकिदैन सुचना सम्म पाउने अवस्था छैन। ”
२०६५ साल भदौमा सप्तकोसीले पूर्वी तटबन्ध भत्काएपछि पूर्वी तटबन्धको अवस्था फेरिएको छ।

मानिसहरु कोसीमा कति पानी बगिरहेकाे​ छ र खतरा छ की छैन भन्ने सुचना घरै बसेरै लिन सक्छन्। यसका लागि बलियो सुचना प्रणाली बनाइएको छ। चन्द्रवंशी भन्छन् “पश्चिम पट्टी बर्खा लागेसँगै किनारा कुरेर बस्नु पर्छ।”
पूर्वी तट अत्याधुनिक सूचना प्रणाली


नेपालीमा एउटा उखान छ १२ बर्षमा खोला पनि फर्कन्छ। २०६५ सालमा कोशीले तटबन्ध भत्काउँदा र अहिले कोशीको पूर्वी तटको सुचना प्रणालीमा आकाश जमिनको फरक  छ।

सरकारले सुनसरीको चतराबाट नै  सप्तकोशी नदीमा पानीको बाहाब कति छ?  खतराको लेवल पार गर्यो की गरेन  पार गर्न कति समय लाग्छ? कुन स्थानमा कति समय पछि कति क्युसेक पानी बहन्छ सम्मको सुचना लिने संयन्त्र बनाएको छ।

कोशी किनारमा जोडिएका अत्याधुनिक सुचना दिने प्रणालीले नापेको पानीको सतह र स्तर विभिन्न स्थानमा जडान गरिएको डिस्पले बोर्डहरुमा देखिन्छ।


नदीको पानीको अवस्था र पूर्वी तटको अवस्थाको बारेमा सुनसरीको प्रकाशपुर  स्थित प्रकाशपुर प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी  र आन्तरिक मामिला मन्त्रालय प्रदेश १ मा डिजिटल बोर्डमा बाट हेर्न सकिन्छ।

यसैका आधारमा सुचनाहरु प्रवाह हुँदा पूर्वी तटबका वासिन्दाले आजकाले तटबन्धको डिल चढ्न पर्दैन।
कोशीमा कति पानी बगिरहेको छ? अब तटबन्धमा उक्लिएर बगर हेर्नु पर्दैन। सुनसरीको कोशी गाँउपालिका सुलेमान मन्सारीले भने “आजकाल कोसीमा खतरा छ की छैन भन्ने सुचना मोवाइलको म्यासेजमा आँउछ।”

१३ बर्ष अघि कोशीले पूर्वी तटबन्ध भत्काँउदा सबैभन्दा बढी प्रभावित कोशी क्षेत्रका स्थानीय बासिन्दा सुलेमान १२ वर्षमा कोशीमा धेरै कुरा भएको सुनाँउछन्।

​बर्खायामका हरेक रात कोशी बगर हेर्न डिल चढ्थे सर्वसाधारण,अहिले त्यो अवस्था रहेन। ठाँउठाँउमा जडान भएका राडरले पठाएका सूचनाका आधारमा मोवाइलमा म्यासेज आउने व्यवस्था मिलाइएको छ।


उनले पहिला र अहिलेको अनुभव सुनाए। कोशीको सुचना प्रणाली बलियो भएका कारण आजकाल जत्रै पानी परेपनि मोवाइल हेर्दै  सुत्न सकिन्छ।


पूर्वमा मर्मत सम्भार पश्चिममा वेवास्ता
मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कोसी परियोजनाका अधिकारीहरुले कोशी पूर्वी तटको अनुगमन गरे।

कोशी सम्झौता अनुसार कोसीमा बनाइएको तटबन्धको मर्मत सम्भार रेखदेख भारत सरकारले गर्छ। अनुगमन पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोसी ब्यारेजदेखि उत्तर बरहक्षेत्रको चतरासम्म यसै बर्ष मात्रै १ सय वटा स्परको मर्मत सम्भार भएको पाइएको बताए।


उनले तटबन्धमा क्षति नपुगोस भन्नका लागि २४ सै घण्टा कोशी परियोजनाको फ्ल्ड फइटींग टोली तैनाथ अवस्थामा रहेको बताए।


कोशीको पूर्व तटबन्धमा हरेक १ किलोमिटरमा हेरालूहरु राखिएको छ। उनीहरु २४ सै घण्टा सुरक्षाका लागि तैनाथ अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

उनले भने स्थलगत अनुगमन बाट कोशी क्षेत्र पूर्ण रुपमा सुरक्षित पाइएको छ । केही परे मर्मतका लागि आवश्यक पर्ने सामाग्री समेत तयारी अवस्थामा राखिएको छ।

पूर्वी तटबमा भारतीय पक्षले समयमै तटबन्धमा रहेका स्परहरुको मर्मत सम्भार गरेपनि पश्चिमी क्षेत्रमा भने मर्मत सम्भारमा चासो नदेखाएको स्थानीय बताउँछन्।

​सुनसरीको बरहक्षेत्र र बेलकामा मात्रै होइन सप्तरीको हनुमान नगर, तिलाठी कुनौली, गोवरगाढा क्षेत्रमा सधैँ कोसीको त्रास रहन्छ।

सो क्षेत्रमा समयमा मर्मत सम्भार त परै जाओस सुचना प्रणाली समेत बलियो छैन। पश्चिमी तटका
कोशी कोरिडोरका वासिन्दा तथा सप्तकोसीका बारेमा जानकार रविन घिमिरे पूर्वपट्टी तटबन्ध भत्काउद भारततर्फ क्षति हुने र पश्चिमपट्टि भत्काए नेपाल तर्फ हुने भएकाले भारतीय पक्षले वेवास्ता गरेको बताँउछन्।

​उनको भनाइलाई तथ्यले पुष्टि गर्छ। २०६५ सालमा सुनसरीको तत्कालिन पश्चिम कुसाहामा तटबन्ध भत्काउँदा नेपालका ४ गाविसमा क्षति पुगेको थियो। तटबन्ध भत्काउँदा नेपालका ६० हजार नागरिक विस्थापित भएका थिए। सुनसरीको तत्कालनि पश्चिम कुसाह, हरिपुर लौकही र श्रीपुर गाबिसमा क्षती पुग्दा भारतमा भने तीन जिल्लामा क्षति पुगेको थियो। भारतमा तीन लाख नागरिक विस्थापित भएका थिए। 
    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .