जलस्रोत सिंचाइँ तथा ऊर्जामन्त्री पम्फा भुसालले नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रशारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन्।
उनले ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका प्रेम बिकको उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी हुन्।
ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेका बेलकोटगढी नगरपालिकाका बिक अहिले लिखु गाउँपालिका पुगेका छन्। शनिबार बिहान १० बजे पोलमा चढेका उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी जयबहादुर तामाङले नेपालखबरलाई जानकारी दिएका छन्।
बिक ककनी गाउँपालिका वडा नं ७ बाट अहिले पारीपट्टि लिखु गाउँपालिका वडा नं ३ मा पुग्न लागेको तामाङले बताए। उनलाई प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु उद्धार गर्न प्रयासरत छन्।
बिक पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली– ‘३ ए’ को उत्पादन बन्द गरेको छ।
Shares
प्रतिक्रिया