नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेको प्रेम बिक अहिले लिखु गाउँपालिका पुगेका छन्। उनी तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी जयबहादुर तामाङले नेपालखबरलाई जानकारी दिए।
तामाङका अनुसार बेलकोटगढी नगरपालिकाका वासिन्दा प्रेम बिक हुन्। उनलाई माइला भनेर चिनिन्छ। उनी बिहान १० बजे पोलमा चढेका थिए।
बिक ककनी गाउँपालिका वडा नं ७ बाट अहिले पारीपट्टि लिखु गाउँपालिका वडा नं ३ मा पुग्न लागेको जयबहादुर तामाङ बताउँछन्।
उनलाई प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु उद्धार गर्न प्रयासरत छन्।
उनी उक्त पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली- ३ए को उत्पादन नै बन्द गरेको छ।
10.3k
Shares
प्रतिक्रिया