समाज


काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ६ जना रोशीका बासिन्दा

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउने ६ जना रोशीका बासिन्दा

नेपालखबर
जेठ ३०, २०८३ शनिबार १७:४, काठमाडौँ

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार, दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये ६ जना रोशी गाउँपालिकाका बासिन्दा रहेका छन्। मृत्यु हुनेहरूमा रोशी गाउँपालिका-६ का ७३ वर्षीय मेघबहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ रहेका छन्। 

त्यस्तै, रोशी गाउँपालिका-७ की ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया तामाङ र रोशी गाउँपालिका-८ की ६० वर्षीया  प्यारीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मृत्यु भएका दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका-४ निवासी २२ वर्षीय सुमी तामाङ छन्। भण्डारी नेपाली सेनाको त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत रहेका थिए। 

दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। 

बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो। दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad