समाज


पशुपतिमा एक लाख चोरिँदा कसले लुकायो सीसीटीभी फुटेज?

पशुपतिमा एक लाख चोरिँदा कसले लुकायो सीसीटीभी फुटेज?

नेपालखबर
असार ८, २०७६ आइतबार १३:२४,

पशुपतिनाथ नेपाली मात्र नभइ विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र हो। कतारमा काम गरेर फर्किएका प्रदीप गुरुङ २०७६ असार ७ गते बिहान ८ बजे पशुपतिनाथ दर्शनका लागि पुगे। उनी कतारी रियाल समेत सटही नगरी पशुपतिनाथ दर्शनका लागि पुगेका थिए।

केही समय त्यहाँ बिताए। बिडम्बना त्यस क्रममा उनको पैसा भएको पर्स चोरी भयो। पर्समा १ लाख १२ हजार नेपाली रुपैयाँ बराबरकाे कतारी रियाल थियो। दीपेन्द्रले खोजी गरे, भेटेनन्।

पाँचथर स्थायी घर भएका उनी त्यसपछि निवेदन लिएर नजिकैको महानगरीय प्रहरी वृत्त गौशाला छिरे। ‘पशुपतिनाथ क्षेत्रभित्र हराएको मेरो १ लाख १२ हजार रुपैयाँ बराबरकाे कतारी रियल खोजी पाउँ’, उनले निवेदन दर्ता गराए।

 सोही स्थान र समयमा अर्को पनि पर्स हराएको निवेदन गौशालामा प्रहरीमा आयो। कीर्तिपुर बस्ने दार्चुलाका नरेन्द्र कडायत पशुपतिनाथ मन्दिर दर्शनका क्रममा २ हजार २५० रुपैयाँ रहेको पर्स हराएको निवेदन दिए।

प्रहरीले पीडितलाई पर्स हराएको दिन र समय अर्थात् ७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्ने आश्वसन दियो।

‘अनुसन्धान सिलसिलामा असार ७ गते बिहान ८ बजेदेखि १० बजेसम्मको काजिकामनपा ८ पशुपति मन्दिर परिसर भित्र र भैरवनाथ मन्दिर नजिकै जडित सीसीटीभी फुटेज उपलब्ध गराइ अनुसन्धान कार्यमा सहयोग गरिदिन अनुराध गरिएको छ’, प्रहरी वृत्त गौशालाका प्रहरी नायब निरीक्षक शिखरनाथले पशुपति क्षेत्र विकास कोषलाई निवेदन लेखे।

जावफामा कोषले भन्यो, ‘२०७६ असार ६ गते र ८ गतेको भिडियो फुटेज छ। ७ गतेको फुटेज छैन।’

आरध्यदेव श्रीपशुपतिनाथ परिसरमै पैसा चोरी भएको समयको भिडियो फुटेज कस्ले गायब पारेको हो? यो विषयले कोषभित्र पेचिलो बनेको छ। प्रहरी र पीडित निवेदक कोषको पारा देखेर छक्क परेका छन्।

प्रहरीको पत्र

police application

-यसअघि १ लाख १२ हजार नेपाली रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। स.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad