समाज


प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव आज, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नेपालखबर
असार ९, २०७९ बिहिबार ९:५३, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानले आज विभिन्न कार्यक्रम गरी आफ्नो ६६ औँ वार्षिकोत्सव मनाउँदैछ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा वार्षिकोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।

वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानले विशेष कार्यक्रम गर्न लागेको प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जानकारी दिए। 

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा आज राष्ट्रिय कविता महोत्सव पनि आयोजना हुँदैछ। 

कविता महोत्सवका लागि देशभरबाट ५८८ कविले आआफ्ना रचना पठाएका छन्। जसमध्येबाट २० वटा कविता छनोट गरिएको गुरुङले बताए। 

महोत्सवमा १६ जना अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम तय भएको छ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने उद्देश्य राखेर २०१४ साल असार ९ गत प्रतिष्ठानको स्थापना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .