समाज


मोरङको बेलबारीबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

मोरङको बेलबारीबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

नेपालखबर
असार ९, २०७६ सोमबार ६:४२,

  प्रहरीले मोरङको बेलबारी नगरपालिकाबाट दुई जनलाई हतियारसहित पक्राउ गरेको छ।

आइतबार साँझ प्रहरीले बेलबारी नगरपालिका–४ बाट दुई थान पेस्तोल, म्याग्जिन ४ थान र १४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङकै सुन्दर हरैचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझी रहेका छन्।

 ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले आइतबार राति सवारी जाँच जर्ने क्रममा को.१७.प. ४५८६ नम्बरको मोटरसाइकलमा सवार राई र माझीका साथबाट ती हितयार फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad