समाज


वसन्तपुरमा लिङ्गो ठड्याएर विधिवत् रूपमा सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

वसन्तपुरमा लिङ्गो ठड्याएर विधिवत् रूपमा सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

तस्बिर : सराेज बैजु/नेपालखबर


नेपालखबर
भदौ २२, २०७९ बुधबार १०:८, काठमाडौँ

आजबाट विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ। बुधवार बिहान हनुमानढोकामा बिहान ७ः १७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङ्गो ठड्याइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।

हनुमानढोकामा रहेको लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत शुरु हुने परम्परा छ।

इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपस्थित रहेका थिए। 

इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ। इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा,आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।

यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

इन्द्रजात्रा प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो।

१२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। 

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

इन्द्रजात्रा र लिङ्गो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad