कला


रणवीर–आलियाको ‘ब्रह्मास्त्र’ले बनायो कीर्तिमान

रणवीर–आलियाको ‘ब्रह्मास्त्र’ले बनायो कीर्तिमान

नेपालखबर
भदौ २२, २०७९ बुधबार १०:९, काठमाडौँ

बलिउड स्टार रणवीर–आलियाको फिल्म ‘ब्रह्मास्त्र’आउने शुक्रबार रिलिज हुँदै छ। फिल्मले प्रदर्शनअगावै बक्स अफिसमा कीर्तिमान कायम गरेको छ। भदौ १७ गतेदेखि अग्रिम बुकिङ खुल्ला गरेको फिल्मले बुकिङमा कीर्तिमान कायम गरेको हो। 

बलिउडमा दुई ठूला बजेटका फिल्म पछारिएका बेला ‘ब्रम्हास्त्र’ले भने वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने देखिएको छ। 

फिल्मको पहिलो दिनका लागि ३ वटा राष्ट्रिय चेनमा १ लाख ५० हजारभन्दा बढीको टिकट अग्रिम बिक्री भैसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पहिलो दिनसँगै ब्रह्मास्त्रको सप्ताहन्तको टिकट पनि तीव्र रूपमा बिक्री भइरहेको छ। विकेन्डका लागि अहिलेसम्म फिल्मका २ लाख टिकट अग्रिम बिक्री भइसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघि ८३ फिल्मले पहिलो दिनमा १ लाख १७ हजार टिकट अग्रिम बुकिङ गराएका थिए। फिल्म ‘ब्रह्मास्त्र’ले यो रेकर्ड ब्रेक गरेको हाे। सन् २०२२ को सबैभन्दा ठूलो अग्रिम बुकिङ ग्रस कलेक्सनको कीर्तिमान भने ‘भुलभुलैया २’ले बनाएको थियो। याे फिल्मको ९२ हजारको टिकट अग्रिम बुकिङको कीर्तिमान छ। 

रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन र मौनी रोयले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो फिल्म आयान मुखर्जीले निर्देशन गरेका हुन्। चार सय करोडभन्दा बढी बजेटमा निर्माण भएको यो फिल्म बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad