कला


सकियो अनमोल र प्रिन्सी अभिनीत ‘बाटुलो जून’को छायांकन

सकियो अनमोल र प्रिन्सी अभिनीत ‘बाटुलो जून’को छायांकन

नेपालखबर
असार ९, २०८३ मंगलबार १४:५२, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ को छायांकन सकिएको छ। विभिन्न चरणमा छायांकन गरेर सोमबार फिल्मको ‘इन्ड क्ल्याप’ गरिएको अनमोल स्वयमले सामाजिक सञ्जालमार्फत जानकारी दिए। 

छायांकन सकिएसँगै फिल्म सम्पादनको चरणमा प्रवेश गरेको छ। निर्माण पक्षका अनुसार अबको केही समयमै चलचित्रको टिजर, फर्स्टलुक पोस्टर र गीतहरू क्रमशः सार्वजनिक गरिनेछन्।

‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण भएको यस फिल्मलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्।

फिल्ममा भुवन र अनमोलसँगै प्रिन्सी खतिवडा, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ। चर्चित टिकटकर तथा मोडल प्रिन्सीको यो डेब्यु फिल्म हो। 

यस चलचित्रको निर्माता जीया केसी र भविष्य खड्का हुन्। फिल्ममा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन छ। यस फिल्मको बजेट २५ लाख रुपैयाँ मात्रै भनिएको छ।

धेरैजसो ‘लभर बोय’ र ‘चकलेटी’ भूमिकामा रुचाइएका अनमोल यसपटक पहिलोपटक ‘ग्रामीण युवक’को भूमिकामा देखिँदैछन्। यो फिल्म आगामी असोज ३० गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad