कला


‘महाराजधिराज’ मा जोडिइन् अभिनेत्री पूजना प्रधान

‘महाराजधिराज’ मा जोडिइन् अभिनेत्री पूजना प्रधान

नेपालखबर
असार ९, २०८३ मंगलबार १३:१९, काठमाडौँ

अभिनेत्री पूजना प्रधान फिल्म ‘महाराजधिराज’मा अनुबन्धित भएकी छन्। फिल्म छायांकनको मध्यतिर उनी फिल्ममा जोडिएकी हुन्। 

‘महाराजधिराज’को ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो। अहिले फिल्मको काठमाडौँका विभिन्न ठाउँमा छायांकन भइरहेको छ।

सुनसरीको श्रीलंका टापुबाट सुरु भएको फिल्मको सुटिङ भक्तपुरमा पनि गरिएको थियो। फिल्मको ७० दिनको छायांकन तालिका छ। 

परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नवराज थापाले खिचिरहेका छन्। सोसल पिरयड ड्रामा रहेको फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी, सुशील सिटौला छन्। 

त्यस्तै, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछ। ८० जना कलाकार रहने सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेनकै लेखन रहेको छ। फिल्मका निर्माता भने रवि खड्का र टोपेन्द्र विष्ट हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad