कला


अनमोल केसी विश्वकप फुटबल हेर्न अमेरिका जाने

अनमोल केसी विश्वकप फुटबल हेर्न अमेरिका जाने

नेपालखबर
असार १०, २०८३ बुधबार १७:४०, काठमाडौँ

अभिनेता अनमोल केसी विश्वकप फुटबल हेर्न अमेरिका जाने भएका छन्। आउँदो आइतबार हुने अर्जेन्टिना र जोर्डनबीचको खेललाई रंगशालामै पुगेर हेर्नका लागि उनी आज अमेरिका प्रस्थान गर्दैछन्।

अनमोलले आफू एक्लै अमेरिका जान लागेको जानकारी दिए। अर्जेन्टाइन स्टार लियोनल मेसीका फ्यान समेत रहेका अनमोलले मिलेसम्म अन्य खेल पनि हेर्ने बताए।

अर्जेन्टिनाले आइतबार बिहान ७ बजेर ४५ मिनेटमा जोर्डनसँग खेल्दैछ। यो खेल टेक्सासको ड्यालस रंगशालामा हुँदैछ।

तीन दिनअघि मात्रै अनमोलले फिल्म ‘बाटुलो जून’ सुटिङ सकेका थिए। झन्डै २० दिन अमेरिकामा बस्ने उनको समयतालिका रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad