कला


सारियो ‘कार्की साइँला’को प्रदर्शन मिति, यस्तो देखियो जितु र प्रियनाको जोडी

सारियो ‘कार्की साइँला’को प्रदर्शन मिति, यस्तो देखियो जितु र प्रियनाको जोडी

नेपालखबर
असार १०, २०८३ बुधबार १३:३८, काठमाडौँ

जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार फिल्मको   पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते प्रदर्शन गरिने जानकारी दिएको हो। 

यसअघि साउन १ गते प्रदर्शन गर्ने तयारी थियो। वितरकसँग छलफलपछि प्रदर्शन मिति असोज २ गतेका लागि सारिएको निर्माण टिमले जनाएको छ।

सार्वजनिक पोस्टरमा जितुसहित अभिनेत्री प्रियना आचार्य (मुन्नी) छन्। जसमा उनीहरू प्रेमिल भावमा देखिएका छन्। यसले चलचित्र प्रेमकथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ।

‘कार्की साइँला’ नामका एक भरियाको जीवनी र संघर्षको कथा हो। यस फिल्मको छायांकन पूर्वी नेपालका रमणीय स्थलहरू धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायत स्थानमा गरिएको छ। 

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्ममा जितु र प्रियनाका साथै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारले अभिनय गरेका छन्। 

कर्णबहादुर फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता छन्। त्यस्तै चलचित्रको कार्यकारी निर्माता अनन्त राई हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad