कला


एकमहिने लेखन कार्यशाला, ८ सहभागीले गरे आफ्नो कथाको पहिलो ड्राफ्ट पूरा

एकमहिने लेखन कार्यशाला, ८ सहभागीले गरे आफ्नो कथाको पहिलो ड्राफ्ट पूरा

नेपालखबर
असार ११, २०८३ बिहिबार १५:४६, काठमाडौँ

अस्कर कलेज र चलचित्र विकास बोर्ड नेपालको सहकार्यमा आयोजित एक महिने लेखन कार्यशालाका ८ जना सहभागीले आफ्नो कथाको पहिलो ड्राफ्टलाई पूर्णता दिएका छन्।

वैशाख ३० देखि जेठ ३० गतेसम्म सञ्चालित कार्यशालाबाट दीपिका थापाको ‘विसर्ग’, सुदीप एटीको ‘भ्यागुताको उडान’, दिवसराज भट्टराईको ‘नेपाल यातायात’, माइकल महतको ‘आफ्नै आकाश’, रमेश महतोको ‘राजासाहेब’, इभेन्जिला तुलाधरको फलेन पेटल्स, प्राञ्जल पाण्डेको ‘घरको बाटो’, मञ्जुश्री नेपालीको ‘म्युज’ ले पूर्णता पाएको हो।

मेन्टर सुरज सुवेदीको सहजीकरणमा सम्पन्न कार्यशालाका लागि प्राप्त ४२ आवेदनमध्ये छनोट समितिले १० जना सहभागी छनोट गरेको थियो।

एक महिनाको अवधिमा सहभागीहरूले सिर्जनात्मक लेखन, कथा विकास, चरित्र निर्माण, दृश्य संरचना, संवाद लेखन तथा व्यक्तिगत अनुभवलाई कलात्मक अभिव्यक्तिमा रूपान्तरण गर्ने विविध अभ्यासमा सहभागिता जनाएका थिए।

यस क्रममा सहभागीका अनुभव, कल्पना र अवलोकनबाट जन्मिएका कथाहरूमध्ये उत्कृष्ट कथाहरू छनोट गरी तिनलाई पटकथाको स्वरूप दिन मार्गदर्शन गरिएको मेन्टर सुवेदीले बताए।

कार्यशाला समापन कलेज परिसरमा रहेको साधना घर थिएटरमा भएको थियो, जसमा बोर्ड अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

समापन कार्यक्रममा सहभागीहरूले आफ्नो लेखन यात्राका अनुभव सुनाउँदै कार्यशालामा विकसित दृश्यहरु वाचन गरेका थिए।

अध्यक्ष डीसीले सहभागीहरूको प्रस्तुति अवलोकन गर्दै नेपाली चलचित्र तथा रंगमञ्च क्षेत्रको भविष्य नयाँ पुस्ताका सर्जकहरूको हातमा रहेको उल्लेख गरे। उनले भने, ‘यस्ता कार्यशालाहरूले नेपाली कथावस्तुको दायरा विस्तार गर्नुका साथै सिर्जनशील प्रतिभालाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्छ।’

कार्यशाला संयोजक जेम्स ढकालले अन्तिम रूपमा विकसित सबै पटकथालाई अस्कर कलेजको सहकार्यमा साधना घर थिएटरमा मञ्चन गर्ने अवसर प्रदान गरिने बताए। उनका अनुसार मौलिक कथा र नयाँ आवाजहरूको विकास गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad