चर्चित नेपाली टिकटकर तथा कन्टेन्ट क्रिएटर इभा गिरीले खेलेको हिन्दी गीत ‘फन्दा’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
पोयटिक र्याबिट युट्युबमार्फत सार्वजनिक गीतमा भारतीय गायिका नेहा कक्करको स्वर सुन्न सकिन्छ।
डान्सिङ प्याटनको सार्वजनिक गीतको भिडिओमा इभासहित स्वान्की शिव फिचर्ड छन्। जहाँ इभालाई निकै ग्लामरस र बोल्ड अवतारमा देख्न सकिन्छ।
बलिउडकी स्थापित गायिका नेहा कक्करको म्युजिक भिडिओमा फिचर्ड भएकाले इभाका लागि करिअरको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेर्न सकिन्छ।
टिकटक र सामाजिक सञ्जालमार्फत चर्चा कमाएकी इभाले हालसालै नेपाली फिल्म ‘पाँच पाण्डव’ मा अभिनय गरेकी छन्।
1.3k
Shares

प्रतिक्रिया