ad ad

समाज


नहरमा डुबेर सर्लाहीमा ८ कक्षामा पढ्ने किशोरको मृत्यु

नहरमा डुबेर सर्लाहीमा ८ कक्षामा पढ्ने किशोरको मृत्यु

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार ११:४३, काठमाडौँ

सर्लाहीको बरहथवामा १५ वर्षीय एक किशोरको स्थानीय नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

बरहथवा नगरपालिका–८ टाँडीस्थित सोती खोलाको नहरमा डुबेर सर्लाहीकै धनकौल गाउँपालिका– ७ घर भएका वीरेन्द्र यादवका १५ वर्षीय छोरा शिवजी यादवको मृत्यु भएको हा। 

जिल्ला प्रहरी कार्यालय बरहथवाका डीएसपी विजय यादवका अनुसार शिवजी बरहथवा स्थित जनता माविमा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। 

बरहथवामा डेरामा बसेर पढ्दै आएका उनी बुधबार दिउँसो साथीहरुसँग पौडी खेल्न नगरमा गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको बुधबार साँझ डुबेको ठाउँभन्दा केही तल शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .