समाज


सेनालाई तयारी अवस्थामा बस्न प्रधानसेनापति शर्माको निर्देशन

सेनालाई तयारी अवस्थामा बस्न प्रधानसेनापति शर्माको निर्देशन

नेपालखबर
भदौ २६, २०७९ आइतबार १४:२८, काठमाडौँ

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली भएको एक वर्षका अवसरमा आइतवार जङ्गी अड्‍डास्थित सभामण्डपमा एक कार्यक्रम गरेर सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

शर्माले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने पनि सम्बोधनका क्रममा बताएका छन्।

'हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहनु', उनले सम्बोधनका क्रममा भने, 'सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुन्छ।'

उनले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न पनि सेनाको ध्यान जानुपर्ने बताएका छन्।

'मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्नु आवश्यक छ', उनले भने, 'निर्वाचनका क्रममा आफ्नो व्यावसायिकताको उदाहरण प्रस्तुत गर्नु।'

उनले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजना समय सीमाभित्रै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिएका छन्।

कार्यक्रममा नेपाली सेनाका उपत्यकाभित्रका रथी, अधिकृत, पदिक तथा अन्य दर्जा सहभागी थिए। उक्त कार्यक्रमलाई नेपाली सेनाका सम्पूर्ण फर्मेशन, युनिट तथा सब-युनिटहरूमा लाइभ मल्टिकाष्ट गरिएको थियो।

उक्त सम्बोधनमा शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण लक्ष्यहरु र उपलब्धिको समीक्षा पनि गरे। प्रधान सेनापति शर्माले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाबारे पनि जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad