काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाले नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ।
प्रदर्शनीमा बालुवाखानीस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कूलले तृत्तीय स्थान हासिल गरेको विद्यालयका प्रिन्सिपल बिष्णुचन्द्र अधिकारीले जानकारी दिए। प्रिन्सिपल अधिकारीका अनुसार फेरिल्याण्डका कक्षा ९ का विद्यार्थीले बनाएको अटो वेलले दर्शक तथा निर्णायकहरुको ध्यान खिचेको थियो।
प्रदर्शनीमा भ्याली पब्लिक स्कुल प्रथम र रिलायन्स इन्टरनेशनल स्कुल द्धित्तीय भए। नवज्ञानभूमी विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयाे।
बुढानिलकष्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रदर्शनी सो भएको हो। बिजेताहरुलाई बुढानिलकष्ठ नरपालिकाका मेयर उद्धव प्रसाद खरेलले मेडल प्रमाणपत्र, ट्रफीसहित नगर पुरस्कार वितरण गरे। प्रथम, द्धित्तिय, त्रित्तिय र सान्त्वना पुरस्कारस्वरुप विद्यालयहरुले नगद क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरेका थिए।
विज्ञान प्रदर्शनीको मूल्यांकनका लागि नाष्टका वरिष्ठ वैज्ञानिकहरू सहभागी भएको बताइएको छ।
सोही अवसरमा हाजिरी जवाफ (कक्षा १–५) , एकल आधुनिक गायन (कक्षा ६–८) का कार्यक्रम समेत आयोजना गरिएको थियो।
Shares

प्रतिक्रिया