ad ad

समाज


पत्रकारमाथि कुटपिटको घटनाप्रति महासंघको आपत्ति

पत्रकारमाथि कुटपिटको घटनाप्रति महासंघको आपत्ति

नेपालखबर
असोज ६, २०७९ बिहिबार २०:२, काठमाडौँ

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा अनलाइनपाना डटकमका प्रधानसम्पादक नारायणप्रसाद अधिकारी र पत्रकार शालिक भट्टमाथि अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

असोज ५ गते बुधबार सर्लाहीको बागमती नगरपालिकाबाट समाचार संकलन गरी फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गमा सवारी छेकेर पत्रकारद्वयमाथि ४/५ जनाको समुहमा आएका व्यक्तिहरूबाट निर्घात कुटपिट भएको महासंघको सर्लाही शाखाले जनाएको छ।

‘स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना अत्यन्त निन्दनीय र प्रेसविरोधी हर्कत हुन्’ महासचिव रोसन पुरीले बिहीबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘महासंघ घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .