ad ad

समाज


सरकार र डा. गोविन्द केसीबीच सहमति, अनशन तोडिँदै

सरकार र डा. गोविन्द केसीबीच सहमति, अनशन तोडिँदै

फाइल फोटो


नेपालखबर
असोज ८, २०७९ शनिबार १९:९, काठमाडौँ

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार मागसहित २० औँ सत्याग्रह गरिररहेका डा. गोविन्द केसी र र सरकारबीच सहमति भएको छ।

विभिन्न ७ बुँदे माग राखी सुरुमा कैलालीको धनगढी र त्यसपछि काठमाडौं आएर अनशन बसिरहेका केसीका सहयोगी र सरकारबीच शनिबार वार्त भएको थियो। 

केसीका एकजना सहयोगी प्रितम सुवेदीका अनुसार वार्ताका क्रममा सरकार माग पूरा गर्न तयार भएपछि सहमति जुटेको हो।

यो सहमतिसँगै डा. केसीले शनिबारै राति अनशन तोड्ने भएका छन्। त्यसका लागि उनले अबको केहि बेरमा पत्रकार सम्मेलन गर्दैछन्। 

धनगढीमा अनशनकै क्रममा समस्या भएपछि केसी आफैं टिकट काटेर काठमाडौं आएका थिए। उनलाई सुरुमा सरकारले ल्याउन खोजेको थियो। 

काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशनलाई निरन्तरता दिएका उनी पछिल्लो समय बिरामी परिसकेका थिए।

केसीको अवस्था खस्किएपछि सरकारले उनीसँग वार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा समित बनाएको थियो। डा.केसीको तर्फबाट डा. जीवन क्षत्रीसहितका सहयोगी थिए। 

सुवेदीका अनुसार केसीले शनिबारै राति साढे ७ बजे पत्रकार सम्मेलन गर्दैछन्। केसीले यसअघि गत भदौ २७ गते विभिन्न ७ बुँदे मागसहित धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु थालेका थिए। 

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसी धनगढीबाट आफ्नै खर्चमा काठमाडौं फर्किएका थिए। यसअघि पनि प्रधानमन्त्रीको कार्यालयमा सचिवस्तरिय बैठक राखेर छलफल भएको थियो।

कैलालीको गेडा मेडिकल कलेज र धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या समाधान गर्न सरकार तयार भएपछि सहमति जुटेको हो। 

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल/स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका थिए। 

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .