समाज


राष्ट्रपति भण्डारीले ९ कन्याको गोडा धोएर पूजा गरिन्

राष्ट्रपति भण्डारीले ९ कन्याको गोडा धोएर पूजा गरिन्

तस्बिर : रासस


नेपालखबर
असोज १८, २०७९ मंगलबार १४:२, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकी छन्। 

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन्। 

सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरिन्। ती कन्यालाई बालमन्दिरबाट लगिएको हो।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने गरेकी छन्। 

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए। सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .