समाज


सशस्त्र र अस्पतालबीच स्वास्थ्योपचारमा छुटसम्बन्धी सम्झौता

सशस्त्र र अस्पतालबीच स्वास्थ्योपचारमा छुटसम्बन्धी सम्झौता

नेपालखबर
असोज २५, २०७९ मंगलबार १७:१६, काठमाडौँ

गण्डक अस्पताल प्रालि, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल वीरगञ्ज र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबीच ती अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्योपचार सेवामा निश्चत प्रतिशतको छुटसम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत बहालवाला कर्मचारीहरु, मधेश प्रदेशभित्र  स्थायी वतन भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, भूतपुर्व सशस्त्र प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारलाई स्वास्थ्य उपचार सेवामा निश्चत छुट उपलब्ध गराउन सम्झौता भएको हो।

असोज २४ गते गण्डक अस्पताल प्रालि र असोज १३  गते स्पर्श मल्टिस्पेसियालिटी अस्पताल वीरगञ्जसँग समझदारी पत्रमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण बारामा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच द्विपक्षीय  हस्ताक्षर भएको हो। 

समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाटै लागू हुने छ। यसको अवधि ५ वर्ष सम्मको हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad