सर्वोच्च अदालतका उपसचिव कृष्णप्रसाद अधिकारीको डेंगुका कारण निधन भएको छ।
सोमबार रातिदेखि ज्वरो आएपछि मंगलबार डेंगु परीक्षणका लागि वीर अस्पताल लगिएका अधिकारीको मध्याह्न १२ बजेतिर निधन भएको सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलले जानकारी दिए।
‘हिजो रातिबाट ज्वरो आएको रहेछ। आज परीक्षणका लागि वीर अस्पताल जानु भएको रहेछ। अस्पतालमै उहाँको निधन भएछ’, प्रवक्ता पौडेलले भने, ‘केही समय पहिले उनलाई हृदयाघात पनि भएको थियो।’
अधिकारी सर्वोच्च प्रशासनको मुद्दा फाँटमा कार्यरत थिए।
1.1k
Shares

प्रतिक्रिया