समाज


आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त

आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त

नेपालखबर
असार २१, २०८३ आइतबार १६:४२, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। आइतबार साँझ अमेरिका जान लागेका कार्की विमानस्थल पुगिसकेका प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।

कतार एयरवेजबाट नेपाल प्रहरीका आईजीपी कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायणदत्त पौडेल अमेरिका जान लागेका हुन्। उनीहरू दोहा हुँदै अमेरिका पुग्ने प्रहरी प्रवक्ता काफ्लेले बताए।

संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुने चिफ अफ पुलिस समिटमा सहभागी हुन दुवै प्रहरी प्रमुख अमेरिका प्रस्थान गरेका हुन्।

समिट यही जुलाई ७ र ८ हुनेछ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहाललाई दिएका छन्। दाहाल पनि पहिलो वरीयताका एआईजी हुन्।

दुवै प्रहरी प्रमुखसँग थप दुई-दुई जना अधिकारीहरू पनि जाने प्रस्ताव गरिएको भए पनि सरकारले खर्च मितव्ययिताको नीति भन्दै दुई जना प्रहरी प्रमुखलाई मात्रै स्वीकृति दिएको हो।

आफू अमेरिका प्रस्थान गर्ने भएपछि आईजीपी कार्कीले हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका एआईजी राजन अधिकारीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

अधिकारी पहिलो वरीयताका एआईजी हुन्। प्रहरीमा सामान्यत: पहिलो वरीयताकै एआईजीलाई निमित्त प्रमुखको जिम्मेवारी दिने गरिएको छ।

यसअघि तत्कालीन आईजीपी शैलेश थापाले भने आफू विदेश जाँदा हरि पाललाई जिम्मेवारी नदिई प्रहरी प्रधान कार्यालयमै रहेका एआईजीलाई निमित्त दिएका थिए। उनको यो निर्णयको आलोचना पनि भएको थियो।

तर त्यसपछि भने वरीयताअनुसार प्रहरी मुख्यालय बाहिर रहे पनि सिनियर एआईजीले नै निमित्त प्रमुखको जिम्मेवारी पाएका छन्। अधिकारी आईजीपी कार्कीकै ब्याची हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad