काठमाडौँ उपत्यकाको आकाशमा यतिबेला (बुधबार बिहान ७:४५ बजे ) साधारणतया बादल लागेको छ।
मौसविद्का अनुसार साधारणतया बादल लाग्नु भनेको धेरैजसो आकाश बादलले ढाकेको र कतै कतै घाम पनि देखिएको अवस्था हो।
आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ, कतै छिटपुट पानी पर्यो भने बेग्लै कुरा’, उनले भने, ‘नत्र अपराह्न वा साँझपख वर्षा हुने सम्भावना बढी छ।’
उनले थपे, ‘केही घण्टापछि मौसम केही खुल्ने सम्भावना छ तर त्यसो भनेर पूरै छ्याङ हुने त होइन बादलसहितको घाम हुन्छ। तर अपराह्न ३ बजेपछि फेरि बादल बढ्दै गएर पानी पर्ने सम्भावना छ।’
देशभरिको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया