ad ad

समाज


१८३ नेपाली सेना सिरिया प्रस्थान

१८३ नेपाली सेना सिरिया प्रस्थान

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ११:५२, काठमाडौँ

नेपाली सेनाका १८३ जना शान्ति सैनिक सिरिया प्रस्थान गरेका छन्।

प्रमुख सेनानी रोशन थापाको नेतृत्वमा काठमाडौंबाट नेपाल एयरलाइन्सको एयरबस ए–३३० मा मिसनतर्फ प्रस्थान गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

यूएन मिसनमा खटिएका सैनिक अदलीबदली गर्न लागिएको हो। यसअघि त्यहाँ कार्यरत प्रमुख सेनानी मदन थापाको नेतृत्वमा १७८ जना सेना मंगलबार स्वदेश फर्किने तयारी छ।

सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट १०औं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा, इन्जिनियर छैटौं डफ्फा, लेबल १ अस्पताल तेस्रो डफ्फा र क्लोज प्रोटेक्ट युनिट दोस्रो डफ्फालाई बदली गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .