समाज


मतदानको दिन सदर चिडियाखाना बन्द हुने

मतदानको दिन सदर चिडियाखाना बन्द हुने

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १९:३७, काठमाडौँ

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ।

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ। हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका एक हजार एक वन्यजन्तु छन्।

अवलोकन गर्न विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क निर्धारण गरिएको छ।

चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन्। यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन्।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो। चिडियाखाना २०५२ सालदेखि भने राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .