ad ad

समाज


सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १४:३२, काठमाडौँ

थापाथलीका सुकुम्बासी र काठमाडाैं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ। 

सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप भएको थियो। सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए। 

घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो। अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो। 

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौं महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको जानकारी दिए। 

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए। गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ। 

सीईओ मिश्रकाअनुसार नर्भिकले ३६ जना घाइतेहरुको ३ घण्टाभित्रमा उपचार सकेको थियो। नर्भिकको आकस्मिक उपचार सेवाको महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले समेत प्रशंसा गरेका थिए। 

घटनापछि राति मेयर शाह र उपमेयर डंगोल घाइतेहरुको अवस्था बुझ्न नर्भिक अस्पताल आएका थिए। सो क्रममा उनीहरुले ‘यति धेरै घाइतेको छोटो समयमै व्यवस्थित उपचारको व्यवस्थापन कसरी गर्नुभयो’ भनी नर्भिकका चिकित्सकहरुसँग चासो राखेका थिए। सो क्रममा मेयर र उपमेयरले नै नर्भिकको उपचार पद्धतिको प्रशंसा गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .