ad ad

समाज


काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दिवेश लोहनी

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा दिवेश लोहनी

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १८:२४, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा हुने भएका छन्। 

रिक्त रहेको उपत्यका प्रहरी कार्यालय प्रमुखमा सरकारले कागजमा उनलाई पठाउने निर्णय गरेको हो। 

कात्तिक २५ गते रबिन्द्रबहादुर धानुक अनिवार्य अवकास भएपछि उपत्यका प्रहरी प्रमुख रिक्त भएको थियो। 

प्रहरी प्रधान कार्यालयमा कार्य विभाग र अपराध अनुसन्धान विभागमा कार्यरत लोहनीलाई सरकारले महत्वपूर्ण मानिने कार्यालयको जिम्मेवारी दिएको हो। 

एआईजीका लागि सबैभन्दा रोजाईको पोष्टिङ यहाँ मानिन्छ। लोहनी आईजीपी धीरजप्रताप सिंहकै ब्याची हुन्। उनी चैतमा आईजीपीसँगै अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .